स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट, सार्वजनिक स्थलमा धुम्रपान पूर्ण रुपमा प्रतिबन्ध

स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट, सार्वजनिक स्थलमा धुम्रपान पूर्ण रुपमा प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आर्थिक वर्ष २०७६–७७ का लागि सरकारले स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले वीर अस्पताललाई अत्याधुनिक बनाइने, केन्द्रीय प्रयोगशालालाई अत्याधुनिक बनाइने, प्रदेश जनस्वास्थ्य प्रयोगशाला बनाइने लगायतका योजनाहरु बजेटमा सुनाएका छन् ।

यस्तै प्राथमिक अस्पतालमा आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने पनि सरकारले जनाएको छ । यस्तै सार्वजनिक स्थलमा धुम्रपान र मद्यपान पूर्ण रुपमा प्रतिबन्ध गरेको पनि सरकारले जनाएको छ ।