बालुवाटारमा झलनाथ–वामदेव नदेखेपछि नेता नेपालले ओली–प्रचण्डतिर प्रश्न तेर्साए !

बालुवाटारमा झलनाथ–वामदेव नदेखेपछि नेता नेपालले ओली–प्रचण्डतिर प्रश्न तेर्साए !


काठमाडौं – पार्टी एकताको आधारपत्रमा हस्ताक्षर गर्ने दिन ७ फागुनमा गठन गरिएका दुई संयुक्त कार्यदलका सदस्यहरुलाई निर्देशन दिन बोलाइएको पार्टी एकताको बैठकमा दुबै पार्टीका सबै शीर्ष नेताहरु ठांटिएर प्रधानमन्त्री निवास बालुवाटार आइसकेका थिए । उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रका बरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ,रामबहादुर थापा बादल लगायतका नेताहरु उपस्थित भइसकेका थिए ।

दुवै पार्टीका शीर्ष नेताहरु सहभागी भएको देखेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले झस्स सम्झे एमालेका दुई वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतम । बैठकमा खनाल र गौतमको उपस्थिति नदेखेपछि नेता नेपालले ओली–प्रचण्डतिर प्रश्नको वर्ष तेर्साए । उनले उनीहरुको मुखतिर हेर्दै भने, ‘खनालजी रगौतमजीलाई त देखिन नि, किन आउनु भएन उहाँहरु ? यहाँ दुबै पार्टीका अध्यक्ष हुनुहुन्छ, एकता संयोजन समितिमा रहेका दुबै पार्टीका सबैजसो सदस्य छौं ।’

आजको बैठकले यो कार्यदलको संयोजक बादललाई तोकिसकेको छ । संयोजन समिति र कार्यदल दुबैमा नपरेका कारण खनाल र गौतमलाई नबोलाइएको भएपनि ओली–प्रचण्ड दुबैले गल्ती महसुस गरेपछि त्यस विषयमा थप चर्चा नभएको स्रोतले बतायो । नेपालले एकाएक प्रश्नको वर्षा गरेपछि ओली र प्रचण्डलाई फसाद पर्यो उनीहरुले मुखामुख गर्दै ओली प्वाक्क बोली हाले, ‘‘कार्यदलका सदस्यहरुलाई निर्देशन दिन दिन भनेर बैठक बोलाइयो ।

दुई अध्यक्ष (ओली र प्रचण्ड) सहित संयोजन समितिमा रहेका ६ जना सदस्य अस्ति गठन गरिएको दुबै कार्यदलमा सदस्य छौं । तर, खनाल र गौतम कार्यदललमा हुनुहुन्छ । त्यही भएर उहंँहरुलाई बोलाइएन । तर, अहिले लाग्दैछ, उहांहरुलाई पनि बोलाएको भए हुने रहेछ ।’ ओलीले यति भनिनसक्दै प्रचण्डले पनि हो मा हो थपि हाले ।