गुप्तचरलाई बलियो बनाउने सरकारको तयारी,के छ अर्थमन्त्रीले ल्याएको बजेटमा ?

गुप्तचरलाई बलियो बनाउने सरकारको तयारी,के छ अर्थमन्त्रीले ल्याएको बजेटमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकाले राष्ट्रिय अनुसन्धान विभागलाई बलियो बनाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधवार संसदमा पेश गरेको वजेटमा राष्ट्रिय अनुसन्धान विभागलाई व्यावसायिक इन्टेलिजेन्स संस्थाको रूपमा विकास गरिने उल्लेख गरेका छन् ।

हाल प्रधानमन्त्री कार्यालय मातहत रहेको विभागले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भईरहेको बेला सरकारले गुप्तचरलाई बलियो बनाउने संकेत गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तचरका प्रमुख दिलिप रेग्मीलाई हटाएर गणेश अधिकारीलाई संगठनको प्रमुख बनाएका थिए ।

राष्ट्रिय सुरक्षा

देशको शान्ति सुरक्षालाई सुदृढ तुल्याउदै नागरिकको जीउधन र सार्वजनिक सम्पत्तीको सुरक्षामा विशेष ध्यान दिइनेछ। नागरिकलाई भयरहित वातावरणमा पेशा व्यवसाय गर्न सक्ने गरी सुरक्षाको अनुभूति गराइनेछ। तथ्य र वैज्ञानिक प्रमाणमा आधारित अपराध अनुसन्धान र अभियोजन प्रणाली विकास गरिनेछ। अनुसन्धान र अभियोजनमा संलग्न जनशक्तिको क्षमता वृद्धि गरिनेछ।

सबै सुरक्षा निकायहरूलाई सबल¸ सक्षम र उत्तरदायी बनाई राष्ट्रि्य सुरक्षा प्रणालीलाई थप सुदृढ बनाइनेछ।राष्ट्रिय अनुसन्धान विभागलाई व्यावसायिक इन्टेलिजेन्स संस्थाको रूपमा विकास गरिनेछ।सीमा सुरक्षा एवम् सीमा पार अपराध र तस्करी नियन्त्रणका लागि सुरक्षा इकाईहरुको भौतिक र प्राविधिक क्षमता विस्तार गरिनेछ।

मुलुकका विभिन्न जिल्लामा अवस्थित कारागारहरुमा क्षमता भन्दा बढी कैदीहरु भएको अवस्थालाई ध्यानमा राखी कारागारहरुको विद्यमान भौतिक पूर्वाधारको निर्माण र सुधारमा उल्लेख्य रकम वृद्धि गरेको छु। कैदी बन्दीहरूको श्रम र सीपलाई उत्पादन कार्यमा उपयोग गराउने व्यवस्था गरिनेछ।

विकास प्रक्रियामा विपद जोखिम संवेदनशीलतालाई मूलप्रवाहीकरण गरिनेछ। विपद जोखिम न्यूनीकरण तथा उत्थानशीलता अभिवृद्धि गर्न स्थानीयकरण तथा क्षमता अभिवृद्धि, सार्वजनिक तथा निजी लगानी  र साझेदारी तथा सहकार्य वृद्धि गरिनेछ।

सबै नेपालीको बायोमेट्रिक पहिचान र पृथक नम्बर सहितको राष्‍ट्रिय परिचयपत्र वितरणको कार्य शुरु गरी दुई वर्षभित्र एक नेपालीले एकभन्दा बढी परिचयपत्र बोक्‍नु नपर्ने व्यवस्था गरिनेछ।

सुरक्षा निकायहरू रहेको स्थान लगायत अन्य संभावित स्थानमा विपदको पूर्वानुमान तथा पूर्व सूचना प्रणाली जडान गरी सञ्चालनमा ल्याइनेछ।विपद्को पूर्वतयारी, खोज, उद्धार, राहत र पुनर्स्थापनामा सबै संयन्त्रहरू तयारी अवस्थामा राखी परिचालन गरिनेछ।

विपदको समयमा श्रोतको अभाव हुन नदिन त्यस्तो अवस्थामा तत्कालै निकासा हुने गरी  ५ अर्ब ५० करोड बजेट छुट्टयाएको छु।यसबाट तत्कालै विपद्का उद्धारमा सहयोग पुग्नेछ। सबै प्रदेशमा आपतकालिन सामाग्री भण्डार केन्द्र स्थापना गरिनेछ।विपद जोखिमको विविधिकरण गरी सूचना प्रविधिको उपयोग मार्फत पूर्व सतर्कता अपनाउने र प्रभावितहरुलाई सामाजिक संरक्षण र बीमामा आवद्ध गर्ने व्यवस्था गरिनेछ।

राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गरी राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाइनेछ।राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापना गर्न प्रक्रिया अगाडि बढाइनेछ।

सङ्घीय लोकतान्त्रिकक गणतन्त्रको प्रवर्द्धन गर्दै राष्ट्रिय हितप्रति समर्पित युवा जनशक्ति विकास र परिचालनका लागि राष्ट्रिय सेवा दलको भूमिकालाई स्थानीयस्तर सम्म विस्तार गरिनेछ।