जेठ २४ बाट तीन दिन ‘आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने

जेठ २४ बाट तीन दिन ‘आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यशाेदा भुजेल

काठमाडौं – आदिवासी जनजाति चलचित्र महासंघले यो वर्ष पनि आदिवासी जनजाती चलचित्र महोत्सव आयोजना गर्ने भएको छ ।

बुधबार एक पत्रकार सम्मेलन गर्दै आदिवासी जनजाति चलचित्र महासंघले यही जेठ २४, २५ र २६ राष्ट्रिय सभागृह काठमाडौंमा ३ दिवसिय ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

महासंघले नेपाल एक बहुभाषी, बहुजाती, बहुधार्मिक, बहुसाँस्कृतिक देश भएकाले आदिमकालदेखि बसोबास गरिरहेका आदिवासीहरुको संस्कार सँस्कृतिमा आधारित चलचित्रको प्रदर्शन गर्न महोत्सव आयोजना गर्न लागेको बताएको छ।

२०४४ सालमा नेवारी भाषाको चलचित्र शिलु निर्माण भएदेखि अहिलेसम्म झण्डै ७०० सय भन्दा बढी कथानक आदिबासी चलचित्र र ५०० भन्दा बढी सर्ट फिल्म र डकुमेन्ट्री निर्माण भएका छन् । ति चलचित्रको प्रचार र निर्माणमा हौसला प्रदान गर्न महोत्सव आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।

आदिबासी जनजाति चलचित्र महासंघको आयोजनामा हुने महोत्सब २०७६ मा चलचित्र बिकास बोर्ड, काठमाडौं महानगरपालिका, नेपाल टेलिकम, राष्ट्रिय बाणिज्य बैंक, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय आदिबासी महिला मञ्च आदि संस्थाहरुको सहकार्य रहने छ भने, गुरुङ फिल्म एशोसियसन नेपाल, मगर चलचित्रकर्मी संघ, तामाङ चलचित्र संघ, किरात राई चलचित्रकर्मी संघ, याक्थुङ मुनचईत चोक संयम (लिम्बु), सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, थारु चलचित्र तथा साँस्कृतिक संघ, नेवा फिल्म सोसाईटी, माझी चलचित्रकर्मी संघ, राजबंशी चलचित्रकर्मी समाद समिति, भुजेल चलचित्रकर्मी संघ, मुगाली चलचत्रिकर्मी बिकास संघ, जिरेल चलचित्रकर्मी संघ सह आयोजक रहेका छन् ।

महोत्सवमा आदिवासी जानजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्र गरि २० वटा आदिबासी जनजाती प्रदर्शन गरिनुका साथै आदिबासी जनजाति चलचित्रको बस्तुगत अवस्थाको बारेमा जानकारी डेक्स, विभिन्न आदिबासी जनजाति समुदायको परम्परागत खानाको स्टलहरु, आदिबासी जनजाति समुदायका मौलिक भेषभुषा, हस्तकला, पुस्तक आदिको स्टलहरु रहने आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले जानकारी दिए ।