काठमाडौं– नेकपा माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्रीहरूकाे टुंगाे लगाउन सकस भइरहेकाे छ। गृहसहित सात मन्त्रालय पाएकाे माअाेवादीमा अाकांक्षीकाे संख्या दाेब्बर भएपछि सकस भएकाे हाे।
साेही विषयमा छलफल गर्न माओवादीकाे बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बिहीबार बस्याे। चार घण्टा बसेकाे बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले मन्त्री छनोट गर्दा यसअघि अवसर पाइसकेकालार्इ दोहोर्याउन नहुने र सबै प्रदेशको समावेशी प्रतिनिधित्व हुनुपर्ने माग गरे।
बैठकमा नेताहरू गिरिराजमणि पाेख्रेल, जनार्दन शर्मा, टाेपबहादुर रायमाझी, कृष्णबहादुर महरा लगायतकाे नाम नै किटान गरेर पटकपटक मन्त्री भइसकेकालार्इ दाेहाेर्याउन हुँदैन भन्दै अधिकांश केन्द्रीय सदस्यहरूले माग गरेका थिए। साे अावाज उठेपछि महराले म सरकारमा जाने इच्छुक छैन भनेर प्रस्ट्याएका थिए।
बैठकमा मन्त्री छनोट गर्दा समावेशी, समानुपातिक आधारमा नयाँ र पुराना, अनुभवीलगायत सबै पक्षलाई विचार गरेर पठाउने भन्ने विषयमा छलफल भएकाे प्रवक्ता पम्फा भुसालले बताइन्। तर आजको बैठकमा कसलाई पठाउने भन्ने निर्णय भएको छैन,’ प्रवक्ता भुसालले भनिन्, मन्त्रालय १८ बनाउने भन्ने कुरा भएको छ। मन्त्री छनाेटकाे जिम्मा हेडक्वार्टरलार्इ दिइएकाे छ।
माओवादीले गृहमन्त्रालय पाउने भएपछि जनार्दन शर्मा, रामबहादुर थापा बादल र वर्षमान पुन अनन्त दौडमा छन्। गृहमन्त्रीको सपथ बिहीबार गराउने भनिएकोमा सहमति नजुटेपछि केही दिनका लागि सरेको छ।
एमालेसँगको पार्टी एकताका लागि भएको सात बुँदे समझदारीलाई बैठकले स्वागत गरेको छ। यसैगरी, यसअघि माओवादी परित्यागको घोषणा गरेका गोपाल किराती, आहुति र लोकेन्द्र विष्टलाई पार्टीबाट निस्काशन गरिएको छ।
प्रतिक्रिया