प्रमुख सेनानी राजेश शाह महासेनानीमा पदोन्नति

प्रमुख सेनानी राजेश शाह महासेनानीमा पदोन्नति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाली सेनाका पाइलट महासेनानी स्व. कैलाश गुरुङलाई सहायक रथी दर्जामा पदोन्नति गरी परिवारलाई सुविधा उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्व. गुरुङका परिवारलाई नियमअनुसार पाउने सम्पूर्ण सुविधा उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

यस्तै, सरकारले प्राविधिक प्रमुख सेनानी राजेश शाहलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको छ ।