अमेरिकाको सरकारी भवनमा अन्धाधुन्ध गोली प्रहार, ११ जनाको मृत्यु

अमेरिकाको सरकारी भवनमा अन्धाधुन्ध गोली प्रहार, ११ जनाको मृत्यु


एजेन्सी – अमेरिकाको भर्जिनिया स्थित एक सरकारी भवनमा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अरु ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दैै अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । भर्जिनिया बिच म्युनिसिपल सेन्टरको भवनमा गोलीकाण्ड भएको हो । आरोपित आक्रमणकारी सोही कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारी रहेको प्रहरीको भनाई छ ।

सोही कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीले गोली चलाएको भर्जिनिया प्रहरीले जनाएको छ। आक्रमणकारीको परिचय खुलाइएको छैन, प्रहरीको जवाफी कारवाहीको आक्रमणकारीको पनि ज्यान गएको छ। घाइते ६ जनामा प्रहरी अधिकारी पनि छन्।

गोली चलेको थाहा पाएर प्रहरी त्यहाँ पुगेको थियो आक्रमणकारीले प्रहरी माथि पनि चलाएको र जवाफी कारवाहीमा उनी मारिएको प्रहरीको भनाइ छ।अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो।