काठमाडौं– भारतिय राजदूत मन्जिवसिंह पुरीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएलगत्तै चिनिया राजदूत पनि बालुवाटार पुगेकी छन् । चिनियां राजदूत यु होङ प्रधानमन्त्रीको ओलीको ६७ औं जन्मदिनको शुभकामना दिन बालुवाटरमा पुगेकी हुन् ।
एमाले स्थायी कमिटीको बैठक सुरु हुनु अघि बालुवाटार पुगेकी चिनिया राजदूतले जन्मदिनको शुभकामना दिनुको साथै बुके हस्तान्तरण गरेर सु–स्वास्थ्य र दिर्घायुको कामना गरेकी थिईन ।
प्रधानमन्त्रीको जन्मदिनको अवसरमा बालुवाटारमा एमाले नेता कार्यकर्ताको भिंड लागेको छ । प्रधानमन्त्री ओलीको जन्मदिन आजै सांझ भव्य रुपमा बनाउने तयारी एमालेको तयारी छ । शुक्रवार विहान मदन भण्डारी स्पोर्टस एकेडेमीले निवासमै लगेर केक काट्ने व्यवस्था मिलाएको थियो ।
यो पनि पढ्नुहोस-
प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन भारतिय राजदूत बालुवाटारमा
प्रतिक्रिया