काठमाडौं – सोलुखुम्बु जिल्लाकोे महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित एक प्रहरी चौकीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले आक्रमणको प्रयास गरेपछि नेपाली सेना र प्रहरीको टोली खटिएको भन्ने समाचारको नेपाली सेनाले खण्डन गरेको छ ।
सोलुखुम्बु घटनापछि सेनाको टोली परिचालन भयो भनेर विभिन्न सञ्चारमाध्यममा समाचारहरु आए पनि नेपाली सेनाको टोली परिचालन नभएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
गए राति विप्लवका कार्यकर्ताले महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास असफल भएको थियो । घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल गएका समाचारहरु सार्वजनिक भएका थिए ।
प्रतिक्रिया