चौकी आक्रमणको प्रयासपछि विप्लव समूहमाथि निगरानी बढाउने

चौकी आक्रमणको प्रयासपछि विप्लव समूहमाथि निगरानी बढाउने


सोलुखुम्बु– सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित विप्लव समूहले चौकी आक्रमणको प्रयास गरेपछि विप्लव समूहमाथि निगरानी बढाउने भएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जानकारी दिए ।

बैठकमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो । आइतबार राति विप्लवका कार्यकर्ताले महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास गरेका थिए ।

राति १२ बजेको समयमा २५–३० जना विप्लव माओबादी कार्यकर्ता चौकी कव्जा गर्ने नियतले पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियारसहित हिँडेकाले उनीहरु त्यसै फर्केको बताइएको छ ।

स्थानीयले विप्लवका कार्यकर्ता कब्जाको लागि आउँदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएको बताएका छन् ।