सुन्धाराको होटलमा महिलाको शव फेला, तीन जना पक्राउ

सुन्धाराको होटलमा महिलाको शव फेला, तीन जना पक्राउ


काठमाडौं–सुन्धाराको होटलमा युवतीको शव भेटिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आंशकामा उनका प्रेमिसहित ३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको जनसेवा वृतका डिएसपी टेकुनन्द लिम्बुकाअनुसार उदयपुरको कटारी घर भई हात्तीवन बस्ने २४ वर्षिय सर्मिला राउतको शव सुन्धाराको निकुद होटलमा फेला परेको हो । रावतका प्रेमी विशाल खड्का रिन्को ओभरसिज नामक मेनपावर कम्पनीमा कार्यरत थिए ।

उनिहरु दुवै जना शनिबार बिहान ३ बजे उक्त होटलमा गएका थिए । उनका प्रेमीले प्रारम्भिक बयानमा विहान आफु उठ्दा झुण्डिएको अवस्थामा भेटेको बताएका छन् । उनिहरु दुवै जना प्रेम सम्बन्ध भएको प्रहरीको अनुमान छ । युवकका दुई जना साथीहरु प्नि निकुद होटलमा नै बसेको प्रहरीले जनाएको छ ।

महिलालाई झुण्डिएको अवस्थामा फेला पारेपछि उनका प्रेमीले नै प्रहरीलाई फोन गरेर बोलाएका थिए । घटनास्थलमा महानगरीय अपराध महाशाखाको टिम र फरेन्सिक चिकित्सक पुगेका छन्।