मानव बेचबिखन रोक्न नेपाल–भारत सीमामा गस्ती

मानव बेचबिखन रोक्न नेपाल–भारत सीमामा गस्ती


बिमल धामी
कञ्चनपुर– कञ्चपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको मानबेचबिखन ओसारपसार विरुद्धको स्थानीय समितिले मानव बेचविखनमा कमी ल्याउन सिमा गस्ती गर्न थालेको छ।

कञ्चनपुरको दक्षिणी क्षेत्र भारत संग जोडिएको खुल्ला सिमाना भएका कारण मानव तस्करले जतिवेला पनि यी नाका प्रयोग गर्न सक्ने भन्दै बेल्डाँडीको एरियामा पर्ने अफ्ना खुल्ला नाकाहरुमा स्थानीय समितिले माईती नेपाल कञ्चनपुर र प्रहरीको सहयोगमा गस्ती गर्न थालेको हो।

मानव बेचविखन ओसार पसार नियन्त्रण स्थानीय समितिका अध्यक्ष धन बहादुर थापाको अगुवाईमा सिमा गस्ती गरिन थालेको महिला बिकास बेल्डाँडी शाखाका संयोजक कमला जोशीले जानकारी दिइन्।

बेल्डाँडी गाउँपालिका लाई छोएको सिमानामा २७ देखि ३२ नं. पिल्लर रहेको झिलमिला प्रहरी चौकी ईन्चार्ज जयसिह भण्डारीले जानकारी दिए।

उनकाअनुसार ‘बेल्डाँडी गाउँपालिका खुल्ला नाका भएकाले यहाँका अधिकांस नागरिक दैनिक मजदुरी गर्न २०० को हारारहरीमा भारत जाने गरेका छन्।े सिमामा हुने गस्तीले स्थानीयमा खुसी छाएको छ ।