संघीय संसदीय दलको विधान टुंग्यायो कांग्रेसले

संघीय संसदीय दलको विधान टुंग्यायो कांग्रेसले


काठमाडौं– नेपाली कांग्रेसले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ।

कांग्रेस संसदीय दलको बैठकले नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो।

परिमार्जित विधानलाई आइतबारदेखि शुरु हुने केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि दलको नेता चयन प्रक्रिया शुरु हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।