हृदयशलाई मन्त्री बनाउने तयारी : प्रधानमन्त्री ओली र प्रचण्ड भेट्दै उपेन्द्र

हृदयशलाई मन्त्री बनाउने तयारी : प्रधानमन्त्री ओली र प्रचण्ड भेट्दै उपेन्द्र


काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज सांझ भेटवार्ता हुने भएको छ । भेटमा मन्त्रालयको भागबन्डा टुंगिने बालुवाटार स्रोतले जानकारी दियो । बालुवाटार स्रोतका अनुसार एमाले–माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डा टुंगिन बंँकि रहेको छ ।

प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय बनाउने सरकारको निर्णयसंगै एमालेले १० र माओवादीले ७ मन्त्रालय पाउने सहमति गरेको बताइएको छ । मन्त्रालयको संख्यामा समझदारी भए पनि मन्त्रालय भागबन्डाको अन्तिम टुंगो नलागेको बालुवाटार स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम र सूर्य चिह्नमा चुनाव लडेका हृदयश त्रिपाठीलाई पनि सरकारमा सहभागी गराउन तयारी थालेका छन् । फोरम अध्यक्ष उपेन्द् यादव र हृदयश मन्त्री बनाउने प्रधानमन्त्रीको तयारीले पनि एमाले–माओवादीबीच मन्त्रालय भागबन्डा नटुंगिएको हो ।