काठमाडौं – तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता नेपाल पुलिस क्लवले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधि जित्न सफल भएको हो ।
उपाधिसहित नेपाल पुलिस क्लवले नगद २० लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा यही जेठ १० देखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव र एपीएफ गरी ३ विभागीय टोली तथा ७ प्रदेश गरी जम्मा १० टोलीको सहभागिता रहेको थियो
।
प्रतिक्रिया