प्रदेश ७ को नाम र स्थायी राजधानीको बहस शुरु

प्रदेश ७ को नाम र स्थायी राजधानीको बहस शुरु


काठमाडौं- प्रदेश नम्बर सातको नाम र स्थायी राजधानीको बिषयमा सामाजिक सञ्जालमा बहस शुरु भएको छ । प्रदेश न ६ को सर्वसहमतिबाट राजधानिको प्रदेशको नाम र प्रदेश राजधानि टुङ्गिएपछि प्रदेश नम्बर ७ मा पनि यसबारे बहस शुरु भएको हो ।

 प्रदेश नम्बर ७ मा राजधानी र नामका विषयमा औपचारिक छलफल भने अहिलेसम्म हुन सकेको छैन । प्रमुख राजनितीक दलहरुले पनि औपचारिक रुपमा यो बिषयमा छलफल गरेको देखिएको छैन ।

सामाजिक सञ्जाल र अन्य सार्वजनिक स्थलहरुमा भने यसबारे व्यापक बहस सुरु हुन थालेकाे हो । स्थानीय र नेताहरुले यस बारेमा सार्वजनिक स्थल र सामाजिक सञ्जालमा बहस शुरु गरेका हुन् ।

अहिले प्रदेशको नाम र राजधानी तोक्न स्थानीयहरु व्यापक छलफलमा जुट्नुपर्नेमा एकमत छन् । नेपाली कांग्रे‌सका डोटीबाट निर्वाचित सांसद भरत बहादुर खड्काले राजधानी र प्रदेशका नामका विषयमा व्यापक छलफल हुनुपर्ने बताएका छन् ।

 एका कार्यक्रममा उनले भने -‘प्रदेशको नामको ठुलो अर्थ रहने हुँदा जनस्तरसम्म छलफलमा लैजानु पर्छ । ७ न प्रदेशको नामा खप्तड प्रदेश , सेती महाकालि , अपि सैपाल राख्दा उचित हुन्छ ।’

सांसद खड्काले प्रदेशको राजधानी सबैलाई पायक पर्ने दिपायललाई बनाउदा राम्रो हुने धारणा व्यक्त गरे । 

यसैगरी एमालेकी सांसद चुनकुमारी चौधरीले प्रदेशको नाम र राजधानीको विषयमा पार्टीमा छलफल नभएको बताएकी छन्।

उनले भनिन् – ‘पहाड र तराइका वासिन्दाको भावनालाई कदर गर्दै खप्तड गोदावरी प्रदेश राख्दा उचित हुन्छ ।’

उनले यो नामलाई आफूले पार्टीभित्र पनि उठाउने बताउँदै ७ न प्रदेशको राजधानी अत्तरीया बनाउदा उपयुक्त हुने सुझाब दिइन् ।   

साहित्यकार पदमराज जोशिले भने ७ न प्रदेश प्राकृतिक र धार्मिक सम्पदाको धनि भएकाले सबैलाई समेट्ने उपयुक्त नाम सुन्दराञ्चल हुने धारणा व्यक्त गरेका छन् । उनले सात नम्बर प्रदेशका सुन्दर सम्पदाहरुको आँचल सुन्दराञ्चल नामनै सबैलाई सर्वस्विकार्य हुनसक्ने बताए ।

 यस क्षेत्रमा पहिला पनि अखण्ड सुदुरपश्चिम र थरुहट समर्थक पक्षबिच नाम र प्रदेशका विषयमा ठूलठूला आन्दोलन भएका थिए ।  यसअघि  ७ नम्बर प्रदेशको अस्थाई राजधानि धनगढी तोकीएपछि स्थानीयले राजधानी  डोटीको दिपाएलमा हुनुपर्ने भन्दै आन्दोलन गरेका थिए ।