करुणा फाउन्डेसनलार्इ दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार

करुणा फाउन्डेसनलार्इ दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार


काठमाडौं– अपाङ्ताको क्षेत्रमा क्रियाशील करुणा फाउन्डेसनले दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार (अवार्ड) हासिल गरेको छ।

करुणाद्वारा इलामजिल्लामा सञ्चालित ‘हेरचाहको लागि उत्प्रेरणा कार्यक्रम’ लाई ‘उच्च सम्भावनायुक्त समाधान’ भन्दै अन्तर्राष्ट्रिय अवार्डका लागि छानिएका चार सय प्रतिस्पर्धीमध्येबाट अन्तिम १० मा समावेश गरिएको हो।

अस्ट्रियाको राजधानीभियनास्थित संयुक्त राष्ट्रसंघको कार्यालयमाआयोजितविशेष समारोहमाकरुणालाई उक्तअवार्ड दिइएको हो।

फ्रेब्रुअरी २१ देखि २३ सम्म भियनामा आयोजित ‘जिरो प्रोजेक्ट कन्फ्रेन्स’ मा करुणाले सञ्चालन गरेको परियोजनालाई ‘सफल मोडल’ को संज्ञा दिँंदै सहभागीहरुले प्रशंसा गरेका थिए। परियोजनाबाट ५ हजारभन्दा बढी लाभान्वित भइसकेका छन्।

उत्कृष्ट १० मा पर्नुका साथै करुणा ‘पहुँचको लागि नयाँ अभ्यास’ विधामा समेत छनोट भएको छ। कार्यक्रममा भियनास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका लागि नेपालका लागि नायब स्थायी प्रतिनिधि अम्बरबहादुर कार्कीको उपस्थिति थियो ।

विभिन्न देशमा सञ्चालित प्रभावकारी र उच्च सम्भावनायुक्त परियोजनाको खोजी गर्दै जिरो प्राजेक्ट र अशोकाले संयुक्तरूपमा अवार्डको घोषणा गरेका हुन। जिरो प्रोजेक्ट ईएसएसएल फाउन्डेसनद्वारा सञ्चालित परियोजना हो। जसलेविश्वभर अपाङ्ताको क्षेत्रमा काम गर्छ ।