गृह मन्त्रालयमा छ यस्तो ब्रहमलुट, सहायताका नाममा ८३ करोड बांडियो

गृह मन्त्रालयमा छ यस्तो ब्रहमलुट, सहायताका नाममा ८३ करोड बांडियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले गत आर्थिक वर्षको अन्तिम ६ महिनामा मात्र विभिन्न शीर्षकमा करिब ८२ करोड ६४ लाख ९१ हजार रुपैयाँ वितरण गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर गृहले राज्यकोषबाट ठूलो रकम पहुंचवालाहरूलाई वितरण गरेको हो ।

 

आर्थिक सहायता, मृतक आर्थिक सहायता, उपचार सहायता, मधेस आन्दोलनका घाइतेलाई उपचार खर्चलगायतका शीर्षकमा रकम बाँडिएको छ । विभिन्न शीर्षकमा सहायता पाउनेको संख्या १ हजार २ सय ३० छ । आर्थिक सहायता पाउनेको नामावली भने मन्त्रालयले गोप्य राखेको छ ।

 

मन्त्रालय स्रोतका अनुसार उक्त रकम पूर्वगृहमन्त्री विमलेन्द्र निधिका पालामा मात्र बाडिएको हो । ‘मन्त्रीज्यूबाट कार्यकर्तालाई कुनै पनि कानुनी निर्दे्शिकाविनै त्यसरी पैसा बंँड्ने काम भएको थियो,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘हरेकपटक सरकार परिवर्तन हुंदा आफ्ना कार्यकर्तालाई यसरी नै पैसा बांड्ने गरिएको छ ।’

 

 

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि पनि राज्यकोषबाट आर्थिक सहायता, उपचार सहायताका नाममा करिब एक करोड वितरण भइसकेको गृह मन्त्रालय स्रोतले जनाएको छ । आजको नयांपत्रिका दैनिकमा समाचार छ ।