उत्तर कोरीयाले ३० मिनेटमा तीन मिसाइल परिक्षण गरेपछि अमेरीकाको निद हराम

उत्तर कोरीयाले ३० मिनेटमा तीन मिसाइल परिक्षण गरेपछि अमेरीकाको निद हराम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– कोरीयाली द्धिपमा तनाव बढ्दै गएको छ । अमेरीका र उत्तरकोरीयाबिच एक अर्कालाई आक्रमण गर्ने धम्की चलिरहदा उत्तर कोरियाले शनिबार बिहानै छोटो दूरीका तीन वटा मिसाइल परीक्षण गरेको छ ।चिनिया सरकारी टेलिभिजन सीजीटीएनका अनुसार  उत्तर कोरीयाले विहान ६ः४९ मा आधा घण्टाभित्र छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको हो ।

 

 

उत्तर कोरीयाको ग्याङवान प्रान्तबाट परिक्षण गरिएको उक्त क्षेप्यास्त्र करिब २५० किलोमिटर दूरी पार गरी विस्फोट भएको दक्षिण कोरीयाको रक्षा मन्त्रालयले जनाएको छ । उत्तर कोरीयाले अमेरीकी सेनाको वेस रहेको  गुआममा आक्रमण गर्ने धम्की दिएपछि केही दिन यता  अमेरिकी र दक्षिण कोरियाली सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् ।  

 

 

अमेरीकी सेनाका युएस प्यासेफिक कमाण्डका प्रवक्ता डेभिड बेनहामकाअनुसार उत्तर कोरीयाले परिक्षण गरेको तीन वटा मिसाइलमध्ये दुई वटा असफल भएको छ । अमेरीकी अधिकारीहरुले भने उत्तर कोरीयाले परिक्षण गरेका मिसाइलले अमेरीका र गुआम बेसमा कुनै असर नपर्ने दाबी गरेको छ ।

 

उत्तर कोरीयाविरुद्ध दक्षिण कोरीया र अमेरीकी सेनाले सुरु गरेको उल्छी फ्रिडम ग्राजियन सैन्य अभ्यास चलिरहदा उत्तर कोरीयाले फेरी अर्को मिसाइल परिक्षण गरेको हो ।

 

ऐजेन्सीको सहयोगमा