आज पनि मन्त्रिपरिषदले पूर्णता नपाउने,चार नेताले सपथ लिंदै

आज पनि मन्त्रिपरिषदले पूर्णता नपाउने,चार नेताले सपथ लिंदै


काठमाडौं–सरकारले सोमबार पनि पूर्णता नपाउने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज एमाले र माओवादी केन्द्रबाट ३ जना मन्त्रीले मात्रै सपथ लिने निश्चित भएको छ ।

माओवादी केन्द्रबाट नेता रामबहादुर थापाले गृहमन्त्रालय र मातृका यादवले वन मन्त्रालयमा सपथ लिने टुंगो लागेको छ । त्यसैगरी एमालेबाट युवराज खतिवडा अर्थमन्त्रालयमा र ईश्वर पोखरेल प्रधानमन्त्री कार्यालयमा रहने गरी सपथ लिने तयारी छ ।

दुवै पार्टीमा मन्त्रीका आकांक्षीहरु धेरै भएपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई नेताहरुको व्यवस्थापन गर्न हम्मे हम्मे भएको छ ।