रक्षामन्त्री पोखरेललाई सिंहदरवारमा स्वागत

रक्षामन्त्री पोखरेललाई सिंहदरवारमा स्वागत


नवनियुत्त रक्षामन्त्री इश्वर पोखरेललाई सिहंदरवारमा स्वागत गरिएको छ । एमालेबाट रक्षामन्त्रालय सम्हाल्ने जिम्मा पाएका  महासचिव पोखरेललाई सिंहदरवारमा प्रधानसेनापति राजेन्द्र क्षेत्री, रक्षा सचिव बिनोद केसी र सेनाका रथी पूर्णचन्द्र थापाले स्वागत गरेका हुन् ।

अोली सरकारको आज भएको मन्त्रीपरिषद विस्तारमा पोखरेल सहित अन्य ३ जना नेताले आजै शितलनिवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाएका थिए ।

सपथ खाएलगत्तै पोखरलेललाई फूल माला सहित मन्त्रालयमा स्वागत गरिएको हो ।