नेपाल प्रहरीलाई विश्वकै नमूना प्रहरी बनाउँछुः गृहमन्त्री बादल

नेपाल प्रहरीलाई विश्वकै नमूना प्रहरी बनाउँछुः गृहमन्त्री बादल


काठमाडौं– नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीलाई विश्वकै नमूना प्रहरी बनाइने बताएका छन् । आज मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बादलले सुरक्षाकर्मीहरुलाई एउटा मोडलको रुपमा अघि बढाउने आफ्नो सोच रहेको बताए ।

गृह मन्त्रालयमा कर्मचारी तथा सुरक्षाकर्मीलाई निर्देशन दिंदै उनले आफ्नो यो सोच पूरा गर्न सहयोग गर्न आग्रह गरे । उनले भने- ‘सुरक्षाकर्मीहरुलाई एउटा मोडलको रुपमा अघि बढाउनुपर्छ, अरु देशले पनि हाम्रा सुरक्षाकर्मीबाट सिकुन, यसमा मलाई सहयोग गर्नुस् ।’

मन्त्री बादलले  नेपालका सुरक्षाकर्मीहरुलाई सकारात्मक मोडल बनाएर विश्वलाई एउटा सन्देस दिन आफ्नो  प्रयास रहने बताए । उनले भने-‘हाम्रो अगाडि ऐतिहासिक चुनौती र अवसर छ । त्यसलाई सामना गर्न सबैको सहयोग चाहिन्छ ।’

उनले गृहमा काम गरेका कर्मचारी र सुरक्षाकर्मीहरुको राम्रा कामहरुको पनि अनुसरण हुने बताउँदै कमजोरीहरुमा पूर्णता दिंदै जाने र बाँकी कामहरु तत्काल अघि बढाउने बताए ।