‘गलबन्दी’ विवादमा, प्रकाशले शम्भु राईलाई लेखे मार्मिक पत्र

‘गलबन्दी’ विवादमा, प्रकाशले शम्भु राईलाई लेखे मार्मिक पत्र


काठमाडौं – गायक प्रकाश सपुतको चर्चित लोकदोहोरी गीत ‘गलबन्दी’ विवादमा तानिएको छ ।

‘देउसी भैली’ गीतको लय र प्रकाशको गलबन्दीको लय मिलेको भन्दै पुराना गायक शम्भु राईले प्रकाश सपुतले आफ्नो गीत चोरेको आरोप लगाएपछि गायक सपुतको गलबन्दी विवादमा तानिएको हो ।

यसैबीच प्रकाश सपुतले गायक राईलाई गीत विवाद र संगीतबारे एक पत्र लेखेका छन् । यस्तो छ गायक सपुतले ‘एक अनुजको पत्र अग्रजलाई’ शिर्षकमा राईलाई लेखेको पत्रः

आदरणिय शम्भु राई सर नमस्कार ।
आराम छु आराम चाहान्छु ।
आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जादै गर्दा बुटवल फर्सा्टिकटमा रहेको रिद्दिसिद्दि पार्टी प्यालेसको पहिलो तलाको बीचको कोठाको बेडरुममा पल्टिएर मोबाईलको नोटबुकमा यो चिठि लेख्दै छु । तपाईलाई विश्वास नलाग्ला गित पनि सुन्दै छु – चिठि तिमीलाई लेखु भन्छु‘ ! बिना कुनै स्वार्थ बिना कुनै उक्साहट, बिना कसैको सुझाव सल्लाह, बिना कुनै योजना यत्तिकै मन बाट जे आउछ त्यहि लेख्दैछु सर । करिब ३६ डिग्री गर्मिलाई उछिन्ने जोशमा फुल स्पिडमा उसा ब्राण्डको फ्यान घुमिरहेको छ ।

अलिअलि शितल गराएको पनि छ तर फ्यान भन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरु यहाँ पोखेर शितल हुन चाहन्छु ।यधपि हुन्छु कि नाई । थाहा छैन । भर्खरै एउटा सांगितिक प्रस्तुती दिएर फर्केको । यहि नजिकै महोत्सब लागेको छ । राम्रो पारिश्रमिक तोकेर आएको थिए । करिब आधा जति दर्शक टिकट नपाएर गुनासो गर्दै फर्किएछन । आयोजकले भोली पुन प्रस्तुति दिन आग्रह गर्नु भएको छ । कारण गल्बन्दी क्रेज ।

मैले सोचेकै थिएन सर लोक गित गाएर यतिबिधि चर्चित भईन्छ भनेर । बुढापाकाले मात्रै त्यो पनि पश्चिम पश्चिम भेग तिर सुनिने लोकदोहोरी गाएर कहिल्यै सेलिब्रिटि बनिन्छ जस्तो लाग्थेन । त्यसैले गति नै त छाडिएन तर अनेक तिक्डम चै लगाएकै हो । एकबारको जुनिमा गाउने ईलम गरिसकेपछि २र४ जनाले चिनेनन भने के गाउनु गाठे भन्ने आत्मबोध भैरहन्थ्यो । त्यसैले गितै गाएर पेट र परिवार पालेको भएपनि म कहिल्यै खुसी भैन ।

सपना ज्यु को त्यु छ । भोक ज्युको त्यु छ भनेर निकै निरासामा गुज्रिरहेको थिए । कसो कसो दोहोरी व्याटल ले अलिअलि भोंक मेटायो । त्यहि चिनिने भोक क्या सर । पछि बोल माया गर्दा मैले चिनिने भन्दा सम्झिने तिर अल्ली बढि ढल्केर काम गरे र आफुलाई अलिधेरै अंक बटुले दर्शकस्रोता बाट । ब्याटल टु ले मेरो परिचय मा थोरै प्रश्न उठायो । त को होस रु कÞताको मुन्छे होस रु भनेर अलिअलि नंम्बर घट्यो पनि तर क्रियटिभिटि मा नम्बर त जोडिएकै हो ।

कहिलेकाहि उत्तर गलत हुदा पनि अक्षर राम्रो भएर नम्बर पाईन्थ्यो नि सर स्कुलमा । त्यो पनि गणितमा, बिज्ञानमा होईन नेपाली बिषयमा । हो संगित पनि नेपाली बिषय जस्तै लाग्छ सर । गणितको, बिज्ञानको जस्तो ठ्याक्कै उत्तर नमिले पनि मिठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाईने । १०० मा ३२ ।

सर्वप्रथम त तपाईले गल्बन्दी सुनिसकेपछि तपाईको मनमा भाका मिलेजस्तो लागेर भएको छटपटि र हल्ला भैसकेपछि आएका नकरात्मक टिका टिप्पणीहरुबाट तपाईको आत्मसम्मानमा पुग्न गएको ठेस प्रति म दुख व्यक्त गर्दछु । एउटा अनुजको कामले अग्रजको मनमा उब्जिएको बेचैनी र तपाईको व्यक्तित्व र नियतमाथी आएका प्रश्नहरु प्रति म लज्जा बोध गर्दछु ।

यधपि तपाईले कुरा उप्काईसकेपछि मेरो नियतमाथी, मेरो व्यक्तित्वमाथी, मेरो सिर्जनामाथी लागेका आरोपहरुले मेरो आत्मसम्मानमा, मेरो दैनिक जिवनमा, मेरो मानसिकतामै पनि कत्रो असर पुगेको छ त्यता तिर सोचेर हजुर दुखी नहुनु होला है । म ठिक ठाक छु सर । हामीलाई हाम्रो समयले दिएको एउटा जादुमयि अवसर छ – भाईरल । छिनमै उचालिएर माथी पुग्ने, छिनमै तल थेचारिने । त्यसैले लगभग सामान्य जस्तै लाग्न थालेको छ रातारात चर्चित हुने र रातारात गाली खादै लखेटिने प्रवृदि । जुन भोक थियो नि सर चिनिनेर चर्चित हुने । भयो, अघाईयो । भुडि फुट्ने गरि अघाईयो ।

अं साच्चि भाका मिलेको प्रंसग । गाउमै हुदा सुनेको भनेर तपाईलाई मख्ख पार्दिन सर । काठमाण्डौ आएर दोहोरी साझमा काम गर्न थाले पछि हजुरका धेरै गितहरु सहकर्मिहरुको आवाजमा सुनियो । आफुलाई रहर लागेर खोजी खोजी ओरिजिनल गित सुनेर डायरिमा गित टिपेर पनि गाईयो । चिठि तिम्लाई र तिमिले सम्झेनी लाखै छ भन्ने अक्सर अफर आउथ्यो दोहोरीमा सहकर्मिले गाउथे म अभिनय जस्तो गर्थे ।हल्का रक्सिले मातेको बेला यस्तो गितले अझै छुने रैछ कि मान्छेलाई कुन्नि रु पैसा पनि राम्रै झर्थ्यो । म चाहि रहरले चलेछ बतास सुस्तरी गाउने प्रयास गर्थे ।

त्यसको पुरै अन्तरा याद छ सर मलाई । कतै माहोल जुरेछ भने म हजुरलाई सुनाम्ला गाएरै । तर कुन कÞसम खाएर भनौ सर यो देउसी भैलो गित मैले सुनेको थिएन । त्यसैले मैले कपि गरेको हुदै होईन । पहिलेनै रेकर्ड भैसकेको कुनै गित पुन रेकर्ड गर्छु र हिट बनाउछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर । बरु पुरानो हिट गितलाई रिमेक गर्ने, कभर गर्ने चलन बढेको छ । यो कति सहि गलत –त्यता नजाउ मैले यहाँ जोड्न खोजेको चाहि पहिला त्यति नसुनिएको, सफल नभएको गितलाई रि रेकर्ड गरेर चलाईदिन्छु भन्ने कन्फिडेन्स ममा छैन सर ।

त्यो रिश्क तपाईले त्यति खेरै लिनु भयो । अब मैले किन लिन्थेर ! अहिलेत झन खÞर्च बढेको छ सर । कलाकारको भाउ र पारिश्रमिक ह्वात्तै बढेको छ । खर्च उठाउने विजनेश वे छैन । उसबेला जस्तो क्यासेटमा साईन गरेर पठाएको अनुभव हामीले गर्न पाईएन सर । अहिलेको अबसर र चुनौती भनेको मैल माथी जोडिसके तेई ‘भाईरल ‘ हो । त्यो पनि फिरिको ।

सर भाका मिलेकै छैन रु का मिलेको छ रु भनेर तपाईको बिचारलाई तपाईको फिलिङसलाई तपाईको प्रत्यक तर्कलाई म खण्डन गर्न चाहन्न । तपाईले आफैले भन्नु भएको थियो म तपाईको छोरा भन्दा पनि धेरै कान्छु उमेरको छु । तपाई मेरो बुबा भन्दा पनि बढि उमेरको हुनुहुन्छ । यसकारण तपाईको भोगाई, तपाईको अध्ययन अनुभव, तपाईको योगदान तपाईको सफलता को अगाडि म धेरै बच्चाछु । उमेर अनुभव र समयले पनि म केटकेटि नै हो ।

एउटा स्रोता भएर सुन्दा गलबन्दी र आउ नाचौ १र२ ठाउ उस्तै उस्तै सुनिन्छ जस्तो मलाई पनि लाग्छ । ओई सुन्त मिलेको छ यार भनेर यि दुई गित (अलिकति स्पीड बढाएर) फोर्सफुल्ली एकै चोटि सुनाउने हो भने जोकोहिको मनमा पनि आउँछ होला – य होत यार मिलेकै रैछ । तर अलि गहिरिएर सुन्ने हो भने ठ्याक्कै मिलेको चाहि छैन कि सर । कपि हुनलाई त पुरै र्याङ कि ठ्याङ मिल्नु पर्ने हैन र । सेम टु सेम भएपछि त फ्याट्टै चिनिन्छ सर । यसरी मत नै बाझिदैन । हेर्नुस त दर्शकहरु बाडिएको । कसैलाई लाग्छ मिल्छ । कसैलाई लाग्छ मिल्दैन । त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी कबड्डी जस्तो मिडियारमिडिया नखेलौ सर ।

मैले यहाँ निर धेरै लोक भाका मिल्छन । उस्तै उस्तै हुन्छन । यो हाम्रो नेपालको सम्पति हो । पब्लिक डोमेन हो । यस्तो उस्तो भने भनेपनि तपाईलाई तर्कले जित्न खोजे जस्तो होला । यधपि अन्य संगितहरु अलिकति गणितीय शुत्रमा बाध्न सकिन्छ । लोकभाकाहरु अलिबढि स्वतन्त्र हुन्छन । खोलाहरु जस्तै, हावा पानी बनजंगल जस्तै प्राकृतिक । मेरो सिर्जनाहरु धेरै कुराहरु बाट प्रभावित छन सर । उसैपनि जति गित चलेकाछन ति सबै शब्द र संगितले मात्रै होईन भिडियोमा अनेक तिग्डम गरेको छु सर । यो प्रविधिले र जÞमानाले बनाएको हो ।

म्युजिक उठेर गित भनेर म्युजिक मै सकिदा पनि पुर्ण गित हुन्थ्यो चिठि तिम्लाई‘ ताका । अहिले चिठिको चलन हराएर भिडियो च्याटको जमाना भएर होकि सर गितको अगाडि पछाडि यस्सो नाटक नजोडि त गित नै पुर्ण नहुने जस्तो पो भैसक्यो । खÞैर, म फेरी जोड्न चाहन्छु मैले ठ्याक्कै गित सुनेर कपि गरेको हुदै होईन सर । डिट्टो कपि पनि छैन गित । मैले नेपाली सांगितिक इतिहासको बारेमा त्यति अध्ययन गरेको त छैन तर तपाई भन्दा अझै अग्रज, तपाई र म सम्म आउदा नेपाली संगित र विशेषतस् लोक गित सिर्जना गर्ने ति तमामा अग्रजहरु बाट प्रभावित हुदै नै हामीले गित सिर्जना गर्ने हो ।

तपाईहरुले बडो दुख गरि खनेको बाटोमा हामी सजिलरी हिड्न पाएका छौ । यस्सो खाल्डाखुल्डि पुर्ने र सके कालोपत्रे गर्ने जÞिम्मेवारी बोध पनि गरेका छौ । तपाईहरुकै बाटोमा हिड्दै गर्दा तपाईहरु जस्तै जस्तै देखिनु स्वभाविक हैन र सर रुअहिले समय अलि बदलिएको छ सर । गितसंगितमा भीड़भाड़ छ । किनकि बाटो सजिलो भएको छ । जो कोहि जा कहि बाट आउन मिल्ने भएर पनि होला । त्यसमाथी हाम्रो पुस्ताको रुचि फेरी डेन्जर(डेन्जर छ सर ।

यस्तो अवस्थामा गल्बन्दी जस्तो मौलिक लोक गित यो लेभलमा स्वीकार्य हुनु पनि एउटा उपलब्धि हो सर । आफ्नो व्यवसायीक नाफा घाटा नहेरी सांस्कृतिक महत्व बचाउन सबै बिधि पुर्याएर ३२र३५ मिनेटको तिहार गित बनाउन तपाईलाई जरुरी थियो र सर ? तिमीले सम्झेनी लाखै छ जस्तो अर्को खत्रा आधुनिक गित दिएर आरबीटि बाट झ्याम्म दाम बुझ्न सक्नुहुन्थेनर रु म्युजिक नेपालसंग राम्रै छ सम्बन्ध तपाईको तर तपाईलाई कलाकारिता गर्दा केबल नाफा घाटा मात्रै भन्दा पनि नेपाली लोक संगितको ! नेपाली मौलिक कला संस्कृतिको बिछट्टै माया रैछ सर ।

त्यति माया गर्ने मान्छेले एउटा अनुज भाईले अहिलेको समयमा मौलिकता झल्काउन गरेको प्रयासलाई अलिकति भाकाको प्रसंग लिएर निरुत्साहित नगरिस्योन । हजारौ प्रकाश सपुत आए पनि तपाईको ईतिहास र अस्तित्व मेटिन्न सर । ल मानम कसैले अझै मिठो गरि चिठि तिम्लाई दुरुस्त निकालेछ भनेपछि तपाई मेटिनुहुन्न सर । तपाईको अस्तित्व आउछ आउछ ।

लेख्दा लेख्दै मोबाईलको व्याट्रि २ ५ भएछ । समय बिहानको ४स्३४ ! र अन्त्यमा, तपाईले बोलाएका फोरमहरुमा म उपस्थित हुन तयार छु सर, छलफल का लागि बहसका लागि, संगितको शुद्दिकरणका लागि, कपराईटको कानुन कार्यान्वयनका लागि र अग्रजहरुको सम्मान का लागि ।

तर यो मेरो वर्किङ आवर्स हो सर । सिर्जनशिल हुन सक्ने र सोहि अनुसार दौडिन पनि सक्ने उमेर हो मेरो । यो समयमा मलाई नअल्झाईस्यो न सर । म पनि केबल नाफा घाटा मात्रै भन्दा पनि केहि फरक र राम्रो गर्न सकिन्छ कि भनेर धेरै रात अनिदो बस्छु । गल्बन्दी को लागि पनि मैले धेरै नै मेहेनत गरेको छु सर । जहाँ सम्म नाम राख्ने कुरा छ । यो धेरै लोक भाकाहरुबाट प्रभावित छ सर । यता पश्चिम तिरको भजनको ताल र रत्यौलीको लय मिस्रित छ भने हजुरको देउसी बाट पनि प्रभावित भएछ । अब कसकसको नाम राखौ सर ।

नाम में क्या चिज हे ? अब यसै पनि आजको मिती सम्म सबै भन्दा छोटो समयमा करोड़ क्लबमा जाने गित कुन हो भन्ने प्रश्नमा उत्तर आउछ – गल्बन्दी । तर उत्तर यति मै सकिदैन । ‘ ए त्यो शम्भु राई संग मिलेको गित’ भनेर आउने भैक्यो । विश्वास बिचित्रको चिज हो सर । यो निकै जÞरा गाडेर बसेको हुन्छ मानीसहरुमा । अब तपाईले मिलेकै हो भन्ने प्रमाणित गरे पनि मिलेको छैन भन्नेलाई विश्वास लाग्दैन ।

मैले हैन मिलेकै छैन भनेर चिच्याय पनि गित उस्तै उस्तै सुन्नेको कान फेर्न सक्दिन । त्यसैले एउटा सिर्जना माथी दर्शक स्रोताको चासो, चिन्ता र माया सम्झेर यो प्रसंग यहि स्वतन्त्र छोड़ौ न सर । म तपाईलाई असाध्यै सम्मान गर्छु । तपाई मलाई प्रोत्साहन गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । आगामी सिर्जनाको लागि सचेत बनाउनु भएकोमा धन्यबाद सर । तर म र म जस्तै नया पुस्तालाई डर पैदा नगरिदिनु होला । जो गितसंगित मा केहि गरौ भन्ने हुटहुटिले लामो संघर्षपछि अलिअलि तंग्रिएका छौ ।

धन्यबाद सर ।

टेक केयर सि यु सर