माओवादीले १२ वर्षमा ८२ मन्त्री जन्मायो,उपलव्धी सुन्य भएको कार्यकर्ताको गुनासो

माओवादीले १२ वर्षमा ८२ मन्त्री जन्मायो,उपलव्धी सुन्य भएको कार्यकर्ताको गुनासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादीले १२ वर्षमा ८२ जना मन्त्रीहरु जन्माएको छ । २०७४ फागुन ९ गते प्रचण्ड निवास खुमलटारमा पार्टी केन्द्रीय कार्यालयको बैठक बसेको थियो ।

बैठकमा करिब १७–१८ जना उपस्थित थिए । बैठकमा दुईवटा एजेन्डा थिए, पहिलो–एमालेसँग हुन लागेको । एकताका चुनौती र अवसरबारे छलफल गर्ने र दोस्रो– केपी ओली नेतृत्वको सरकारमा माओवादीका तर्फबाट सहभागी हुने मन्त्रीहरूका बारेमा चर्चा ।

प्रचण्ड प्रधानमन्त्री भइसकेकाले उनले मन्त्रीका लागि आफ्नो दाबी पेश गरेनन् । नारायणकाजी श्रेष्ठ चुनाव हारेपछि मन्त्रीको दौडबाट बाहिरिए । कृष्णबहादुर महराले आफू मन्त्रीका लागि इच्छुक नरहेको बताए । कारण, उनको चासो सभामुखमा थियो । जब कि यसअघि उनले आफू मन्त्री बन्न प्रचण्डको परिवारदेखि ‘उत्तर दक्षिणका शक्तिकेन्द्र’सम्म हारगुहार गर्ने गरेको आरोप लगाइएको थियो ।

यी तीन नेताबाहेक सबैले मन्त्रीका लागि आफ्नो दाबी पेश गरेका थिए तर प्रचण्डले सुने मात्र । चार घण्टा लामो छलफलपछि प्रचण्डले आफूसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई मन्त्री छान्न जिम्मा दिन आग्रह गरे । प्रचण्डले समावेशी र योग्य टिम बनाउने बताउँदै बैठक सके । मन्त्रीका आकाङ्क्षी नेताहरु आआफ्नो घरतिरलागे ।

माओवादीमा सबै सांसद आफूलाई मन्त्रीका लागि अरूभन्दा योग्य ठान्छन् । यो ‘रोग’ पनि हो र माओवादीमा पदका लागि जायज–नाजायज सबै गर्ने ‘मनोविज्ञान’ पनि । यसबाहेक महत्वपूर्ण मन्त्री हुँदा गर्न सकिने ‘पावर इक्सरसाइज’ बारे माओवादीका सबै नेता जानकार छन् । एक पटक मन्त्री भएकालाई मन्त्रीको ‘टेस्ट’ थाहा छ, छाड्ने कुरा भएन । पहिलो पटक मन्त्री हुन चाहनेले मन्त्री हुँदाको ‘टेस्ट’ लिन खोजिरहेका छन् ।

माओवादीमा सबै सांसद आफूलाई मन्त्रीका लागि अरूभन्दा योग्य ठान्छन् । यो रोग पनि हो र माओवादीमा पदका लागि जायज–नाजायज सबै गर्ने मनोविज्ञान पनि । माओवादीभित्र पदका लागि के–के हुन्छ ? बेला–बेला सतहमा आउँछन् । सके आफू मन्त्री हुने, नभए पत्नीका लागि सङ्घर्ष गर्ने । सके आफू सांसद हुने नभए पत्नीका लागि पार्टी वैठकमा हङ्गामा मच्चाउने ।

माओवादीका कैयौँ नेताको यो ‘कल्चर’ बनेको छ । प्रचण्डसँग सके फकाएर मन्त्री पद लिने, नभए धम्कीको भाषामा पद प्राप्त गर्ने, यो पनि धेरै माओवादी नेताको योग्यताभित्र पर्छ । ‘म पटक–पटक मन्त्री भएँ, यसपालि नयाँ साथीलाई दिऊँ’ माओवादीका धेरै नेताहरूको शब्दकोशमा यस्ता शब्द भेटिन्नन् ।

यस्तो हुँदाहुँदै पनि माओवादी यस्तो ‘फ्याक्ट्री’ बन्यो, जसले शान्ति प्रक्रिया यताका १०–१२ वर्षमा ८० जनाभन्दा बढी मन्त्री उत्पादन गर्यो । २०६३ असार २ मा सिक्लेकबाट हेलिकप्टर चढेर काठमाण्डु आएका प्रचण्ड सधैँ शक्ति र सत्ताको राजनीतिममा पकड राखे । यसको फाइदा माओवादीका अन्य नेताले लिए । पटक–पटक मन्त्री भए ।

सोमवार मात्रै माओवादीका २ जना मन्त्री भए । केपी ओली नेतृत्वको सरकारमा माओवादीले गृहमन्त्रालयको जिम्मा दिएर रामबहादुर थापा बादल र उद्योग मन्त्रालयको जिम्मा दिएर मात्रिका यादवलाई पठायो । उनीहरु दुवैले सोमवार नै सपथ लिएका छन् । एमालेसँगको सहमति अनुसार अव ५ मन्त्री माओवादीको तर्फबाट सरकारमा सहभागी हुन वाँकी छ । र, राज्य मन्त्री पनि जान सक्छन् ।

राज्य मन्त्री नगएपनि कम्तीमा ७ जना मन्त्री ओली नेतृत्वको सरकारमा सहभागी हुनेछन् । यदि सातै जना मात्र मन्त्री भएपनि शान्ति प्रक्रिया यता माओवादीबाट ८२ जना मन्त्री हुनेछन् । यदि ओली सरकारमा राज्य मन्त्री गए भने यो सख्याँ बढी हुनेछ ।ओली सरकारसम्म आउँदा माओवादीबाट ५३ मन्त्री र २९ बने राज्य मन्त्री बने ।

२०६३ मा गिरिजाप्रसाद कोइरालाको सरकारबाट माओवादी मन्त्रिपरिषद्मा जान सुरु गरेको हो । ओली सरकारभन्दा अगाडि काँग्रेस सभापति शेरबहादुर देउवा सरकारसम्म आउँदा माओवादीबाट ७५ मन्त्री बनेका थिए, जसमा ४६ मन्त्री र २९ राज्यमन्त्री थिए । सत्ता–राजनीतिमा माओवादी केन्द्रले काँग्रेस–एमालेलाई माथ गर्दै गरेको पछिल्लो एकदशकमा त्यस पार्टीबाट मन्त्री बनेका नेताको सङ्ख्याले देखाउँछ ।

देउवा नेतृत्वको मन्त्रिपरिषद्मा माओवादीबाट उपप्रधानमन्त्रीसहित नौ जना मन्त्री र राज्यमन्त्रीसहित १८ जना मन्त्री थिए । संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका–संसद्को तेस्रो दल माओवादीले एउटै मन्त्रिपरिषद्मा १८ जना मन्त्री पाउनु आफैंमा उसको हैसियतभन्दा निकै ठूलो ‘उपलब्धि’ मानिन्थ्यो । त्यसअगाडि प्रचण्ड नेतृत्वको सरकारमा माओवादीका ७ मन्त्री र चार राज्य मन्त्री थिए । त्यसबाहेक प्रचण्ड दुई पटक प्रधानमन्त्री भएका थिए ।

यी हुन् मन्त्री बनिसकेका नेताहरु
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृह, परराष्ट्र
२. विश्वनाथ साह, शान्ति तथा पुनःनिर्माण
३. हितबहादुर तामाङ, युवा तथा खेलकूद
४. देवी खड्का, भौतिक योजना तथा निर्माण राज्यमन्त्री
५. दिनानाथ शर्मा, शिक्षा
६. लेखराज भट्ट, वाणिज्य तथा आपूर्ति, श्रम
७. रामकुमार यादव, सामान्य प्रशासन
८. कमला रोका, युवा तथा खेलकूद
९. दिलीप महर्जन, पर्यटन राज्यमन्त्री
१०. सूर्यमान दोङ, उर्जा राज्यमन्त्री
११. गोपी अछामी, खेलकूद राज्यमन्त्री
१२. घनश्याम यादव, स्थानीय विकास राज्यमन्त्री
१३. सुष्मा शर्मा, संघीय मामिला राज्यमन्त्री
१४. रेखा शर्मा, सामान्य प्रशासन
१५. गणेशमान पुन, वाणिज्य तथा आपूर्ति
१६. उमेश यादव, सिंचाई
१७. हितराज पाण्डे, स्थानीय विकास
१८. सुरेन्द्र कार्की, सञ्चार
१९. अजयशंकर नायक, कानून
२०. धनीराम पौडेल, शिक्षा
२१. राधिका तामाङ, कृषि विकास राज्यमन्त्री
२२. श्रीप्रसाद जगेबु, संघीय मामिला राज्यमन्त्री
२३. सत्यनारायण भगत, उर्जाराज्यमन्त्री
२४. धनमाया विक, राज्यमन्त्री
२५. टेकबहादुर बस्नेत, सामान्य प्रशासन
२६. शिवकुमार मण्डल, आपूर्ति मन्त्रालय
२७. आशा कोइराला, राज्यमन्त्री
२८. सन्तकुमार थारु, कृषि मन्त्री
२९. श्यामकुमार श्रेष्ठ, गृहराज्यमन्त्री
३०. छमबहादुर गुरुङ, राज्यमन्त्री
३१. गोमा कुवर, राज्यमन्त्री
३२. गौरीशंकर चौधरी, कृषि विकास मन्त्री
३३. ओनसरी घर्तीमगर, युवा तथा खेलकूद