सिरियामा मारिएकाको चीरशान्तिको कामना गर्दै नेविसंघद्वारा दीप प्रज्वलन

सिरियामा मारिएकाको चीरशान्तिको कामना गर्दै नेविसंघद्वारा दीप प्रज्वलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सिरियामा भएको बम हमलामा मारिएकाहरुको चीशान्तिको कामना र घाइते भएकाको शीघ्र स्वास्थलाभको कामना सहित काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।

नेपाल विद्यार्थी संघ कैलाली काठमाडौ सम्पर्क समितिले मंगलबार बेलुका शकरदेब क्याम्पस अगाडि दीप प्रज्वलन गरेको हो।

नेपाल विद्यार्थी संघ कैलाली काठमाडौं सम्पर्क समितिका सभापति विवेक लामाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेबिसंघका प्रबक्ता प्रेम जोशी रहेका थिए।