काठमाडौं- प्रहरी प्रधान कार्यालयले ६ जना एसपीको काज सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसपी श्यामकृष्ण अधिकारी महोत्तरी, ओम अधिकारी गोरखा र नवराज भट्टलाई बाग्लुङ काज सरुवा गरेका हुन् ।
गोरखामा कार्यालय समयमै मदिरा सेवन गरेको अवस्थामा भेटिएका एसपी भोला रावललाई समेत सरुवा गरिएको छ । रावललाई ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत पठाइएको छ ।
त्यसैगरी एसपी ईश्वर कार्की अपराध महाशाखा र कृष्णहरी शर्मा पोखरेल मानवअधिकार शाखा सरुवा भएका छन् ।
प्रतिक्रिया