एक बर्ष भित्र माक्स लगाउन नपर्ने गरी काम गर्ने लालबावुको घोषणा

एक बर्ष भित्र माक्स लगाउन नपर्ने गरी काम गर्ने लालबावुको घोषणा


काठमाडौँ – जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक वर्ष भित्र माक्स लगाउन नपर्ने गरी आफुले काम गर्ने प्रतिबद्धता व्यतm गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमाले नेता समेत रहेका मन्त्री पण्डितले वातावरणीय प्रभाव मूल्यांकन नगरी खुलेका उद्योग बन्द गराउन अरुले नसकेकाले आफै अग्रसर हुनुपरेको बताए । उनले देश र जनताको हित विपरित काम गर्नेलाई दण्डित गर्न आफु पछि नपर्ने स्पस्ट पारे ।