प्रदेश ३ मा चार मन्त्रीले खाए सपथ

प्रदेश ३ मा चार मन्त्रीले खाए सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नम्बर ३ को मन्त्रीपरिषदमा ४ मन्त्री थपिएका छन् । बुधबार एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थपिएका हुन् ।

आज भएको प्रदेश ३ को मन्त्रीपरिषद् विस्तारसँगै  डोरमणि पौडेल नेतृत्वको मन्त्रिपरिषद् सात सदस्यीय बनेको छ ।

एमालेका तर्फबाट अरुण नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कैलाश ढुंगेल अर्थ तथा योजना मन्त्रालय, दावादोर्जे लामा कृषि तथा सहकारी मन्त्रालय र युवराज दुलालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि केशव स्थापित भौतिक पूर्वाधार र गृहमन्त्री शालिकराम जमरकट्टेलले मन्त्रालय सम्हालिसकेका छन्।

प्रदेश प्रमुख अनुराधा कोइरालाले चार जना मन्त्रीलाई आज सपथ खुवाएकी हुन्।