तनहुँमा लागूऔषध सहित २ जना पक्राउ

तनहुँमा लागूऔषध सहित २ जना पक्राउ


तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले लागुअाैषध सहित २ जनालार्इ पक्राउ गरेकाे छ । तनहुँकाे शुक्ला गण्डकी नगरपालिका-६ खैरेनीटारबाट प्रहरीकाे टाेलिले तनहुँका सनि थापा र सुचित्र थापालार्इ पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनाेज पाण्डेले जानकारी दिए ।

दिउसाे ४ बजेको समयमा  तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा न ६ खैरेनीटार स्थित भित्री सडक खण्डमा शंकास्पद रुपमा भेटिए पछि उनीहरूको शरीर तलासी लिँदा गुरुङले हातमा झुण्डाएको झोला भित्र लुकाई राखेको अवस्थामा डाईजेपाम-१२,फेनरागन-१३ र टेलिगेसिस-१२ थान फेला परेको प्रहरीले जनाएकाे छ ।

लागु औषध बरामद गरी  लागु औषध अाेसार पासाेर मुद्दा दर्ता गरी आज जिल्ला अदालत तनहूँबाट दिन ५ को म्यादथप  लिई थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।