त्रिविमा हिलोमै ‘रेड कार्पेट’, कार्पेटमाथि प्रधानमन्त्री !(तस्वीर)

त्रिविमा हिलोमै ‘रेड कार्पेट’, कार्पेटमाथि प्रधानमन्त्री !(तस्वीर)


काठमाडौं – त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो ६०औं वार्षिक उत्सव मनाएको छ ।

कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा प्रधानमन्त्रीले उपकुलपति कार्यालय भवन र मन्दिरको उदघाटन गरे ।

कार्यक्रम स्थलबाट उदघाटनको सन्देश लेखिएको शिलापत्र भएको ठाउँसम्म पुग्ने बाटो भने हिलाम्य थियो ।

कार्यक्रमस्थल पानी परेर हिलाम्मे भएपनि कार्यक्रम आयोजकले प्रधानमन्त्री ओलीलगायतका पाहुनालाई सजिलो होस भनेर सोही हिलोमा रातो कार्पेट बिछ्याएका थिए । हिलाम्मे बाटोमा कार्पेट बिछ्याएको देखेर कार्यक्रममा उपस्थित सबै चकित भएका थिए ।

त्यसमाथि नै रातो कार्पेट विछ्याएको दृश्यले भने विश्वविद्यालयमा रहेको भद्रगोललाई प्रष्ट पारेको थियो ।