राष्ट्रिय अनुसन्धान विभागलार्इ प्रधानमन्त्री माताहात राख्ने निर्णय

राष्ट्रिय अनुसन्धान विभागलार्इ प्रधानमन्त्री माताहात राख्ने निर्णय


काठमाडौँ – नेपालको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री माताहात ल्याउने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषदको वैठकले विभागलाई प्रधानमन्त्री माताहात ल्याइने निर्णय भएको गृहमन्त्रालय स्रोतले बतायो ।

गृह मन्त्रालय माताहात रहेको विभागलाई प्रधानमन्त्री माताहात ल्याउने निर्णय भएको एक मन्त्रीले बताए । अनुसन्धान विभागका तत्कालीन प्रमुख अशोकदेव भट्टले विभागलाई प्रधानमन्त्री माताहात ल्याउने पर्ने भन्दै लविङ गरेका थिए ।तर, तत्कालिन गृहसचिव लीलामणि पौडेलको असहयोगका कारण निर्णय नभएको गृहमन्त्रालय स्रोतले बतायो ।

विभागको काम प्रभावकारी नभएको भन्दै यसलाई प्रधानमन्त्री मातहत ल्याउन सुरक्षा विद्हरुले समेत सुझाव दिदै आएका थिए । विभागमा करिव २५ सय जनाको दरबन्दी रहेको बताइन्छ ।