बाख्रा चराउन हिँडेकी ८ वर्षीय बालिका बलात्कृत

बाख्रा चराउन हिँडेकी ८ वर्षीय बालिका बलात्कृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा– पर्सामा बाख्रा चराउन हिँडेकी एक ८ वर्षीया बालिका बलात्कृत भएकी छन्।

बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी पटेर्वासुगौली गाउँपालिकामा तीन बालिका बलात्कारको शिकार भएकी हुन्।

बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिका ५ निचुटनाको पोखरी नजिकैको खेतमा मुर्छित अवस्थामा फेला परेपछि घटनाबारे जानकारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

बालिकालाई बुधबारै साँझ उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा भर्ना गराइएको नायब उपरीक्षक लिम्बूले बताए।
उनको उपक्षेत्रीय अस्पतालमा सल्यक्रिया गरिएको छ।