छिट्टै एमाले, माओवादी विघटन गरी नयाँ पार्टीको घोषणा : प्रचण्ड

छिट्टै एमाले, माओवादी विघटन गरी नयाँ पार्टीको घोषणा : प्रचण्ड


नवलपरासी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता प्रक्रिया छिनै टुङ्गिने बताएका छन्।

नवलपरासीको बर्दघाटमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यही फागुन २५ गतेभित्र कार्यदलले प्रतिवेदन बुझाएपछि पार्टी एकताका बाँकी कार्य पुरा हुने बताएका हुन्।

‘दुबै दलको कार्यदलको प्रतिवेदनपछि अन्य प्रक्रिया टुंग्याउने र दुबै पार्टी विघटन गरी नयाँ पार्टी घोषणा गरिनेछ,’ उनले भने। प्रचण्डले सरकारलाई पूर्णता दिएपछि नेपाली जनताको अपेक्षा पुरा गर्न विकासको प्याकेज सरकारले अघि बढाउने बताए।

संघीय समाजवादी फोरमसँग छलफल टुंगोमा नलागेकोले सरकार बिस्तारमा केही ढिलाई भएको वहाँको भनाई थियो ।

वाम गठवन्धनलाई जनताले झण्डै दुई तिहाई बहुमत दिएको बताउँदै अध्यक्ष प्रचण्डले, समृद्धि र स्थायित्वको निम्ति यसमा नै केन्द्रित भएर लाग्ने छौं।’