भ्रष्टाचारीलाई एकएक गरि जेल हाल्ने बेला अाएकाे छ : अध्यक्ष प्रचण्ड

भ्रष्टाचारीलाई एकएक गरि जेल हाल्ने बेला अाएकाे छ : अध्यक्ष प्रचण्ड


काठमाडौं – नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यायालयमा बेइमानी गर्नेलाई महाभियोग र भ्रष्टाचार गर्ने कर्मचारीतन्त्रलाई जेल हाल्ने समय आएको बताएका छन्। बिहीबार नवलपरासीको बर्दघाटमा शहीद परिवार सम्मान कार्यक्रमम उनले राज्यको तलब सुविधा लिएर भ्रष्टाचार गर्नेलाई जेल हाल्ने बेला आएको बताएका हुन् ।

 पूर्वप्रधानमन्त्री समेत रहेकाे प्रचण्डले कडा रुपमा प्रस्तुत हुदै  भने, ‘न्यायालयमा बेइमानी गर्ने, जाली फटाहाहरुका पक्षमा न्याय दिनेहरुलाई महाभियोग लगाउने समय आएको छ। भ्रष्टाचार गर्ने कर्मचारीतन्त्रलाई जेल हाल्ने बेला आएको छ।’ भ्रष्टहरुलाई तह लगाउन नसके विकास सुशासन सम्भव नरहेको  उल्लेख गर्दै प्रचण्डले भने, ‘हामीले भ्रष्ट र बेथिति गर्ने कसैलाई नछोडने अठोट गरेका छौं।

बाम सरकारका अगाडि देशको विकास, सुशासन र समृद्दिबाहेक अरु कुनै एजेण्डा नभएको बताउनु हुँदै अध्यक्ष प्रचण्डले नेपाल अब विश्वमा नै विकास र सुशासनमा पनि सगरमाथा जस्तो उदाहरणीय बन्नुपर्ने बताए।

‘अहिलेको वाम गठबन्धन र नयाँ पार्टीको बहुमतको एकमना सरकार सबैका लागि खुशी र गर्व हो। कम्युनिष्टले नेतृत्व गरेका सरकार पटकपटक बनेपन पहिलो पटक कम्युनिष्टको मात्रै सरकार बनेको छ,’ अध्यक्षले भने, ‘विकासलाई गति दिन सुशासन आवश्यक छ। यसका लागि नेतृत्वमा दृढ इच्छाशक्ति हुनुपर्छ।’