दोलखा केन्दबिन्दु बनाई ४.६ म्याग्निच्यूडको भूकम्प धक्का

दोलखा केन्दबिन्दु बनाई ४.६ म्याग्निच्यूडको भूकम्प धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– दोलखालाई केन्द्रविन्दु बनाई आज बिहान भुकम्पको गएको छ । जिरीको श्यामा आसपास केन्द्रबिन्दु बनाई ४ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको  भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ मा गएकाे गएको शक्तिशाली गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४९१ वटा परकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।    ४ रिक्टर स्केलभन्दा मुनिका परकम्प दिनहुँजसो गइरहेका उनले बताए । ४ भन्दा माथिको मात्र रेकर्ड हुने भएकाले साना परकम्पलाई सतर्कताका लागि मात्र विवरण दिने गरिएको छ ।

भूगर्भविदका अनुसार ५ म्याग्निच्युडभन्दा कमलाई साना, ५ देखि ६ म्याग्निच्युडका लाई मध्यम, ७ देखि ८ म्याग्निच्युडका लागि शक्तिशाली र ८ म्याग्निच्युड भन्दा माथिका लाई महाभूकम्प भनिन्छ ।