मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने प्रधानमन्त्री ओलीको दाबी

मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने प्रधानमन्त्री ओलीको दाबी


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने दाबी गरेका छन् । शुक्रबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अबको नेपाल स्वच्छ हुन्छ किनभने लिडरसिपलाई केही लिनु छैन ।

‘म प्रधानमन्त्री छु, एक्लै घरमा बसेर भ्रष्ट हुन सकिदैन । कसैलाई लगाउनुपर्छ, ठेकेदार, कारोबारी कोही नमिलाई अथवा त्यसलाई मिलाउन मातहतको कसैलाई लगाउनुपर्छ’ उनले भने, ‘मातहतको मान्छेले चिन्छ, बाहिरबाहिर ठूलो कुरा गर्दोरहेछ, भित्र भ्रष्ट रहेछ । मातहतको मान्छेको नजरमा गिरेपछि म भ्रष्ट हुन्छु ।’ प्रधानमन्त्री ओलीले सरकारले ढिला नगरी आवश्यकता अनुसार शैक्षिक जनशक्ति उत्पादन गर्ने बताए ।

१९ महिनाभित्र सम्पन्न गरिसक्ने भवन तथा सहरी विकास विभागले जनाएको छ । भवन निर्माणका लागि सरकारले ३० करोड रुपैंया बजेट विनियोजन गरिसकेको छ ।

अघि भने, ‘मैले बोलेको कुरामा फरक र्पयो भने सार्वजनिक रुपमा औला ठड्याएर च्यालेन्ज गर्नुस् ।’मातहतको व्यक्तिको नजर नगिर्नु नै भ्रष्टाचार अन्त्य गर्ने सूत्र भएको प्रधानमन्त्रीले सुनाए ।