द्रुत गतिको इन्टरनेटका नाममा भायनेटले ग्राहकलाई ठग्यो

द्रुत गतिको इन्टरनेटका नाममा भायनेटले ग्राहकलाई ठग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– द्रुत गतिको इन्टरनेट प्रदान गर्ने भन्दै व्यापार सुरु गरेको भायनेट नामको इन्टरनेट प्रदायकले ग्राहकलाई ठगी गर्दै आएको खुलासा भएको छ । सुलभ र अनवरत सेवा भन्दै भायनेटले आकर्षक अफर तथा योजनासहित व्यापार सुरु गरेको थियो ।

तर व्यापार सुरु गरेलगत्तै भायनेटले ग्राहकमाथि ठगी धन्दा गर्दै आएको छ । ग्राहक बनाउने बेलामा आकर्षक लोभ देखाउने र ग्राहक बनिसकेपछि हप्तौँसम्म नेट नदिने, सम्पर्क गर्दा वास्ता नगर्ने, दु्रत गतिको भन्दै मन्द गतिको डाटा दिने, निधारीत समय नपुग्दै नेट काटिदिने लगायतका समस्याबाट भायनेटका ग्राहक हैरान परेका छन् ।

ग्राहकसँग बढी गतिको पैसा लिएर कम गतिको नेट दिने गर्दै आएको भायनेटले पछिल्लोसमय ग्राह बनाउने र वास्ता नगर्ने गर्दै आएको छ । सेवाग्राहीलाई २४ घण्टा सेवा भने पनि हप्तौँसम्म वास्ता नगर्ने सामान्य भइसकेको ग्राहकको गुनासो छ । भायनेटका अधिकांश सेवाग्राहीले पछिल्लो समय सेवा गुणस्तरीय नभएको भन्दै छोड्न थालेका छन् । भायनेटले एउटै डाटा विभिन्न व्यक्तिलाई बिक्री गर्दै आएको पनि पाइएको छ । ‘सेवाग्राहीले इन्टरनेटमा समस्या आउँदा पटकपटक आग्रह गर्दा पनि सेवा प्रदायकले वास्ता गर्दैन, पैसा तिरेर पनि सेवा नपाउने भायनेट चलाउनुको कुनै अर्थ छैन, ललितपुरका एक सेवाग्राहीले भने ।

चौविसै घण्टा सेवा दिने भनी ग्राहक संख्या थप्दै आएको भायनेटको कार्यालयमा भनेको वेला फोन नउठ्ने, उठिहाले पनि समस्याबारे अनविज्ञ कर्मचारीले कुरा गर्ने, दैनिकजसो इन्टरनेमा समस्या आइरहने, नेटमा आएको समस्याको समाधानको लागि २४ घण्टासम्म पनि पहल नगरिदिने लगायतका गुनासा आउन थालेका छन् ।

कतिपय अवस्थामा त भायनेटले हप्तौँसम्म पनि वास्ता नगर्ने गर्दै आएको छ । सदाबहार सेवा दिने भने पनि भायनेटले ग्राहकका समस्याप्रति बेवास्ता गर्दै आएको छ । कम्पनीको लापरवाहीवाट कतिपय महत्वपूर्ण निकायका काम प्रभावित बनेका छन् । कतिपय आकस्मिक सेवाहरू अस्पताल, सञ्चारमाध्यम तथा निजी कार्यालयसमेत भायनेटको लापरवाहीको सिकार बनेका छन् ।