रावलको निधनप्रति माअोवादी केन्द्रद्वारा शोक व्यक्त्त

रावलको निधनप्रति माअोवादी केन्द्रद्वारा शोक व्यक्त्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा माओवादी केन्द प्रदेश नम्बर ७ ले माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सल्लाहाकार क. झंकरबहादुर रावलको निधनप्रति समवेदना व्यक्त गरेको छ ।

माओवादी केन्द प्रदेश नम्बर ७ को प्रचार प्रसार विभागका संयोजक ओविक्रम भाट ‘सरल’ले शुक्रबार शोक वक्तव्य जारी गर्दै केन्द्रको असल योद्धा र अभिभावक गुमाएको भन्दै दुख व्यक्त गरेको हो ।

रावलको उपचारको क्रममा वीर अस्पतालमा फागुन १७ गते विहान निधन भएको थियो ।

अछाम जिल्लाका रावल वि सं २०४३ सालदेखि कम्यूनिष्ट आन्दोलनमा सक्रिय थिए । उनी २०६४ देखि माओवादी पार्टीमा आवद्ध थिए ।
वक्तब्यमा उनको निधनले पार्टीलाई अपुरणीय क्षति भएको जनाइएको छ ।