बन्द उद्योग सञ्चालनमा ल्याइने उद्योग मन्त्री यादवको उद्घोष

बन्द उद्योग सञ्चालनमा ल्याइने उद्योग मन्त्री यादवको उद्घोष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग एवं कलकारखाना पुनःसञ्चालनमा ल्याउन पहल गर्ने बताएका छन्।

माओवादी केन्द्र धनुषाले जनकपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री यादवले बन्द कारखाना छिट्टै नै सञ्चालनमा ल्याउने बताएका हुन्।

जनकपुरस्थित बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडमा प्रादेशिक मन्त्रालय स्थापना भएको हुँदा कारखाना सञ्चालनमा ल्याउन समस्या हुने भन्दै उनले जचुकालीमा प्रादेशिक मन्त्रालय स्थापना भएको अवस्थामा मन्त्रीहरुको आवासका लागि अन्तै निवास व्यवस्था गर्न प्रादेशिक मुख्यमन्त्रीलाई आग्रह गरे।

मन्त्री यादवले समाजवादको आधार तयार नभएसम्म देश प्रगतिको बाटोमा अगाडि बढ्न नसक्ने बताए । समाजवादको दिशामा अगाडि बढ्नका लागि सम्पूर्ण नेपालीको आर्थिक विकास समान रुपमा हुनु आवश्यक रहेको उनको भनाइ थियो ।