सरकारी कार्यालयको छाप तथा दस्तखत किर्ते गर्ने पक्राउ

सरकारी कार्यालयको छाप तथा दस्तखत किर्ते गर्ने पक्राउ


काठमाडौं- प्रहरीले सरकारी कार्यालयहरुको छाप तथा दस्तखत किर्ते गरी नक्कली कागजातहरू तयार गरेको अभियोगमा एक जनालार्इ प्रकाउ गरेकाे छ । प्रहरीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित डाक्टर हेल्थकेयरका सञ्चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१७ रातमाटेका २४ वर्षीय कविर श्रेष्ठ भन्ने उदय थिङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।

विभिन्न कार्यालयका छाप तथा दस्तखत किर्ते गरी प्रयोग भइरहेको बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न थिङलाई उनकै मेडिकल पसलबाट पक्राउ गरेकाे जनाएकाे छ  ।

प्रहरीले उनको पसलबाट समाज कल्याण परिषद लैनचौरको लेटर प्याड, संयुक्त राष्ट्रसंघको पर्यवेक्षकको परिचय पत्र, नेपाल फर्मेसी परिषदको छाप, काठमाडौँ जेभियर पब्लिक स्कूलको छाप, सिटिइभीटीको छाप, परीक्षा नियन्त्रणको छाप र ल्यापटप बरामद गरेको छ ।

यस्तो छ व्यवस्था:

मुलुकी ऐन किर्ते कागज महल अनुसार किर्ते गर्ने व्यक्तिलाई सरकारी अड्डा छाप र सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई १ वर्ष कैद र उसै अड्डाको कर्मचारी भएमा २ वर्ष सम्म कदै हुने व्यवस्था रहेको छ ।