नेपालमा भारतीय दादागिरीविरुद्ध प्रचण्ड फायर

नेपालमा भारतीय दादागिरीविरुद्ध प्रचण्ड फायर


 

 

 काठमाडौँ– स्थानीय तहको निर्वाचनका क्रममा विराटनगर पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकाएक भारतविरुद्ध फायर भए । पत्रकारसँग कुरा गर्दै प्रचण्डले त्यहाँ देखेको भारतको हेपाहा व्यवहारको खुलेर विरोध गरे ।

 

 

विषय नेपाली भूमिमा एक कम्पाउण्डभित्र रहेको घरमा फहराइएको भारतीय झन्डाको हो । विराटनगर भ्रमणका क्रममा प्रचण्डले सो झन्डा देखेपछि त्यस विषयमा बोल्ने पहिलो नेतासमेत बने ।

 

 

एक दशकदेखि सो घरबाट चिनियाँ नाकामा जासुसी गर्ने र स्थानीय राजनीतिमा समेत हस्तक्षेप गर्ने गरिएको स्थानीयहरु बताउँछन् । त्यसैले त्यसलाई अवैधानिक भारतीय क्याम्प अफिस भन्दा फरक नपर्ला ।

 

त्यसो त नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा परराष्ट्र मन्त्रालयले पत्र लेखेर सो अखडा बन्द गर्न निर्देशन दिइसकेको छ । तर, भारतीय दादागिरीका अघि नेपालको केही लागेन ।

 

अहिले प्रचण्डले सो अखडाबारे सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि त्यसको कुनै प्रभाव पर्छ कि पर्दैन त्यो भने हेर्न बाँकी नै छ ।