नयाँ शक्तिको महाधिवेशन आयोजक समिति बैठक बस्दै

नयाँ शक्तिको महाधिवेशन आयोजक समिति बैठक बस्दै


काठमाडौं – नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठक अाजबाट काठमाडाैमा सुरु भएको छ । बैठकले गत फागुन ९–११ गते लुम्बिनीमा सम्पन्न संघीय परिषद्को विस्तारित बैठकले परिमार्जनसहित अनुमोदन गरेको राजनीतिक एवं सांगठनिक प्रतिवेदन तथा पार्टीको आर्थिक तथा व्यवस्थापन कार्ययोजना पारित गर्नेछ ।

बैठकमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बैठकका एजेण्डाहरु पेश गरेका छन् भने लुम्बिनीमा सम्पन्न संघीय परिषदको विस्तारित बैठकमा प्रस्तुत दस्तावेज परिमार्जन सहित पारित गर्ने, संगठनात्मक कार्ययोजना, पार्टी कमिटीको पूर्णता तथा कार्यविभाजन, आर्थिक तथा व्यवस्थापन कार्ययोजनासम्बन्धी विषयहरु छलफलका लागि प्रस्तुत गरेका छन् ।

लुम्बिनीमा सम्पन्न संघीय परिषदको बैठकले नयाँ शक्ति पार्टीको महाधिवेशन आयोजक समितिलाई पुनर्गठन गरेको थियो । समतलीय स्वरुपमा आधारित महाधिवेशन आयोजक समितिमा ९९ सदस्यीय कार्यकारी समिति, ३५ सदस्यीय सल्लाहकार परिषद् र १५ सदस्यीय विज्ञ परिषद् रहने व्यवस्था छ । बैठक आइतबारसम्म जारी रहनेछ ।