बुद्ध वचनमा बिश्व किर्तिमान बनाउदै नेपाल : भारतले बनाएको रेकर्ड तोडियो

बुद्ध वचनमा बिश्व किर्तिमान बनाउदै नेपाल : भारतले बनाएको रेकर्ड तोडियो


काठमाडौँ – शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालको  लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन् । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिसहरु टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।

उत्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत  सहभागी भएका थिए । ७५ हजार मानिस आधिकारिक पास लिएर सहभागी भएको र  त्यति नै मानिस पास नलिई प्रवेश गरेकोले करिब  डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेको बताइएको छ  ।’ विश्व कीर्तिमान परिषद् नेपालको अगुवाइमा गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने- “शाक्यमुनि बुद्धप्रति आदर सम्मानसहित सबैको तर्फबाट नमन गर्दछु, बुद्ध भूमिबाट शान्तिको कामना गर्दछु” । केही स्थानमा बुद्धका विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै उनले नेपालमा बुद्ध जन्मेको होइन भन्ने भ्रममा पर्नु पर्दैन  । प्रधानमन्त्री ओलीले भने- “बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्, यसमा विवाद नगरौँ ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सत्यतामा भ्रम नछर्न विश्व समुदायलाई आग्रह गरे ।पहिले भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड  भारतको नाममा रहेको  छ । नेपालको यस‘धम्मपद’ बाचनलाई गिनिज बुद्ध अफ दि वल्र्ड रेकर्डले मान्यता दिन भने  बाँकी नै छ ।

विश्वमा शान्ति स्थापना गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सिरियामा भइरहेको हत्या हिंसाको विरोध गर्नुको साथै  आन्दोलनरत विप्लव समूहलाई पनि वार्तामार्फत आफ्ना माग पूरा गर्न आग्रह गरे  । प्रधानमन्त्री ओलीले भने, “दुनियाँका सरकार तथा नेतालाई शान्तिपूर्ण तवरबाट अघि बढ्न आग्रह गर्दछु, हिंसा नगरौँ, शान्ति र मित्रताले अगाडि बढौँ ।