पाल्पामा जीप दुर्घटना हुुँदा दुई जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना हुुँदा दुई जनाको मृत्यु


पाल्पा– पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार सदरमुकाम तानसेन नगरपालिका–१२ वीरपोखरामा लु १ ज १९३८ नम्बरको जीप दुर्घटना हुँदा तानसेन–१२ का चित्रबहादुर थापा र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी खिमकुमारी सारुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेका अनुसार घाइते मध्ये चार जनाको युनाइटेड मिशन अस्पताल र एकको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।