हुम्लाका आगलागीपीडितलाई कर्णालीका मुख्यमन्त्री शाहीले बाँडे राहत

हुम्लाका आगलागीपीडितलाई कर्णालीका मुख्यमन्त्री शाहीले बाँडे राहत


सुर्खेत– हुम्लाको ताजाकोट गाउँपालिका– १, घटवान गाउँमा आगलागीबाट २८ घर जलेकाका पीडितलाई कर्णाली प्रदेशले राहत वितरण गरेको छ ।

शनिबार भएको आगलागीमा आगलागीबाट २८ घर जल्नुका साथै १ सय ५० बाख्रा र ६ वटा अन्य पशु जलेर मरेका थिए।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री दल रावलले घटना स्थलमै गएर राहत वितरण गरेका हुन्।

आगलागी पीडितलाई राहत सामग्री लिएर मुख्यमन्त्री शाही नेपाली सेनाको हेलिकप्टरमार्फत हुम्ला पुगेका थिए। मुख्यमन्त्री शाहीले ३० घरपरिवारलाई खाद्य समाग्री, भाडा र कपडा वितरण गरे।

प्रदेश सरकारले आगलागीबाट घाइते भएका दुई जना विरामीलाई उद्दार गरेर ल्याएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।

आगोले सबै भेडाहरु जलेपछि बेहोस भएका लालबहादुर रिठाल र आगो परेर घाइते भएका मानबहादुर रिठालको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ।

तस्बिर : नेपाल लाइभबाट साभार