नुवाकोटमा दुलर्भ वन्यजन्तु हुचिलसहित दुईजना प्रकाउ

नुवाकोटमा दुलर्भ वन्यजन्तु हुचिलसहित दुईजना प्रकाउ


नुवाकोट– गल्छी–देवीघाट सडकखण्डको बीचमा रहेको बेलकोटगढी नगरपालिका वडा नं. ७ को रातमाटेवाट प्रहरीले दुलर्भ वन्यजन्तु हुचिलसहित दुईजनार्लाइ प्रकाउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोे र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको बिशेष प्रहरीको टोलीले दुलर्भ वन्यजन्तु हुचिलसहित उनीहरुलार्ई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीले बेलकोटगढी नगरपालिका वडा नं. ७ को रातमाटेवाट सोही स्थानका ३७ वर्षीय कृष्णलाल श्रेष्ठ र तारकेश्वर गाउँपालिका वडा नं. २ का ३३ वर्षीय बलराम श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंवरले बताए ।
प्रहरीले बिक्रीका लागि हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएकाको साथबट तीन थान हुचिल र सालकको मासुको सुकेको टुक्राहरु समेत बरामद गरी आवश्यक कारवाहीका लागि जिल्ला बन कार्यालय नुवाकोटमा पठाएको छ । दुर्लभ वन्यजन्तुसहित पक्राउ परेकालाई वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।