प्रदेश ४ लार्इ तमुवान राज्य नामाङ्कन गर्नुपर्ने माग, मुख्यमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाउदै

प्रदेश ४ लार्इ तमुवान राज्य नामाङ्कन गर्नुपर्ने माग, मुख्यमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाउदै


पोखरा– आदिवासी गुरुङ समुदायको राष्ट्रिय साझा संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद र ४ नं प्रदेश भित्र थातथलो रहेको आदिवासी जनजाति संघसंस्थाहरूले ४ नं प्रदेशलाई तमुवान नामाङ्कन गर्नुपर्ने र त्यस प्रदेशभित्र थातथलो रहेका आदिवासीहरूको स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र सुनिश्चत हुनुपर्ने दाबी सहित मुख्यमन्त्री र सभामुखलाई आज ज्ञापन पत्र बुझाउदै छ ।

तमुवान संघर्ष समितिले आज पोखरामा मुख्यमन्त्री र सभामुखलाई भेट गरी ज्ञापनपत्र बुझाउन लागिएको हो । ४ नं प्रदेश तमुहरूको आदिम भूमि रहेकोले ऐतिहासिक तमू सभ्यता, ईतिहास र सघन बसोबासको आधारमा तमुवान नामाङ्कन गरिनुपर्ने दाबीसहित ज्ञापन पत्र बुझाउन लागिएको तमु ह्युलका केन्द्रीय उपाध्यक्ष नरबहादुर गुरुङले बताए ।

ज्ञापन पत्रमा मातृभाषालाई प्रदेशको कामकाजी भाषा बनाउनुपर्ने, मातृभाषाको शिक्षाको ग्यारेन्टी गरिनुपर्ने, राज्यको सबै अंग र तहमा समुदायको जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेण्टी गरिनुपर्नेलगायतको माग रहेको उनले बताए ।
डेलिकेशन टिममा ४ नं प्रदेशमा थातथलो रहेका गुरुङ, कुमाल, भुजेल, छन्त्याल, दुरा, थकाली, तीन गाउले, ताङ्वे, बाह्रगाउले, सियार, बराम, लार्के, दराई, बोटे, बराम, लोपालगायतका आदिवासी संघसंस्थाका प्रतिनिधिहरू रहने छन् ।