उपप्रधानमन्त्री महरा दिल्लीबाट फर्केपछि किन जादैंछन् बेइजिङ भ्रमणमा ?

उपप्रधानमन्त्री महरा दिल्लीबाट फर्केपछि किन जादैंछन् बेइजिङ भ्रमणमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ –उपप्रधानमन्त्री एवंम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार महरा सेप्टेम्बर पहिलो साता चीन भ्रमणमा जाने टुंगो लागेको छ । महरा केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवासंग भारत भ्रमणमा गएका थिए ।

उच्च स्रोतले दिएको जानकारीअनुसार महरा सेप्टेम्बर ६ मा बेइजिङ पुग्ने कार्यक्रम छ । बेइजिङमा उनले चिनिया विदेशमन्त्रीसहित उच्च चिनिया अधिकारीसंग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटका क्रममा महराले द्धिपक्षीय हितका बारेमा छलफल गर्नेछन् । माओवादी केन्द्रका वरिष्ट नेता समेत रहेका महराले यसअघि नेपाल भ्रमणका लागी काठमाण्डौ आएका चिनिया उपप्रधानमन्त्री वाङ याङसंगको भेटमा पनि आफु छिटै चीन भ्रमणमा आउने जानकारी दिएका थिए ।

 

महराको भ्रमणको बारे चीनस्थित नेपाली दुताबासका उच्च अधिकारीले मंगलवार चिनिया परराष्ट्रमन्त्रालयका उच्च अधिकारीहरुसंग छलफल गरेका छन् । महराको चीन भ्रमणको क्रममा चिनले अघि सारेको वान वेल्ट वान रोडबारे छलफल गर्नुको साथै प्रधानमन्त्री शेरबहादुर देउवाको चीन भ्रमणबारे पनि महराले चिनिया अधिकारीसंग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्रस्रोतले बतायो । 

 

 

 

महराको चीन भ्रमणको क्रममा चीनसंग यसअघि भएका सम्झौतालाई अघि बढाउनेबारे समेत छलफल हुनेछ । चीनले प्रधानमन्त्री देउवालाई बेइजिङ भ्रमणको निम्तो यसअघि नै दिइसकेको छ ।