पर्यटन विकासका लागि सरकारले काम गर्दैछ : पर्यटनमन्त्री भट्टराई

पर्यटन विकासका लागि सरकारले काम गर्दैछ : पर्यटनमन्त्री भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि विभिन्‍न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन्।

मन्त्री भट्टराईलाई बुधबार मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताएका हुन्। ‘सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ।

यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ’, उनले भने, ‘पर्यटन क्षेत्रमार्फत् मुलुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ।’ सङ्घका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका थिए। साथै मन्त्री भट्टराईको सफल कार्यकालका लागि शुभकामनासमेत दिएका थिए।