काठमडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली थाई एयरको जहाजबाट दुई साताका लागि बिहिबार दिउँसाे सिंगापुर प्रस्थान गरेका हुन् ।
उनी २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधामन्त्री ओली १० दिनमा स्वदेश फर्किएका थिए ।
सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा उनको स्वास्थ्य जाँचको फलोअप हुनेछ । प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहितको टोली रहेका छन् ।
प्रतिक्रिया